Comments Add Comment

नम्रताको प्रश्न–‘खै कुरा वुझेको ?’

नायिका नम्रता सापकोटा आफ्नो कुरा निर्धक्कसँग राख्न डराउँदिनन् । गतबर्ष लकडाउनको समयमा नेपाली चलचित्र क्षेत्रमा ‘परिवारवाद’ हाबी भएको भन्दै बयान दिएपछि नम्रता चर्चामा आएकी थिइन् । उनै, नम्रता यसपटकको निषेधाज्ञामा सामाजिक कार्यमा पनि सक्रिय छिन् ।

उनी विभिन्न सामाजिक संस्थासँग मिलेर सहयोग वितरणमा सक्रिय छिन् । नेपाली चलचित्र क्षेत्रमा खासै हिट चलचित्र दिन नसकेपनि नम्रता बेलावखत विभिन्न कारणले चर्चामा आउँछिन् । तर, उनको स्पष्ट बोल्ने बानीलाई कतिपयले रुचाउँछन् भने कतिपयले रुचाउँदैनन् ।

उनै, नम्रता निषेधाज्ञाको समयमा बाल आश्रमहरुमा पुगेर सहयोग वितरणमा लागेको देख्न सकिन्छ । नम्रताले सामाजिक संजालमा लेखेकी छिन्–‘मानिस ठूलो दिलले हुन्छ । सबैको रगत रातो हुन्छ । खै कुरा वुझेको ?’

नम्रताको संकेत पछिल्लो केही दिनदेखि सामाजिक संजालमा उठेको जातको प्रश्नमा रहेको वुझ्न सकिन्छ । उनले, मानिस जातले भन्दा पनि दिलले ठूलो हुने भन्दै यो कुरा वुझ्न आवश्यक रहेको उल्लेख गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment