Comments Add Comment

ओलीलाई माधव समूहका नेताहरुको आग्रह– बैठक रोकेर माधव नेपालसँग सम्वाद गर्नुस्

१८ असार, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठक रोकेर एकताको पहल गर्न आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले बोलाएको बैठक अगाडि बालुवाटार पुगेका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्यले बैठक रोकेर माधव नेपालसँग कुरा गर्न आग्रह गरेका थिए । एकपछि अर्को बैठक गर्दै अगाडि बढ्नुभयो भने माहोल बिग्रन्छ । एकताको पहल गर्नुहोस्– नेताहरुले ओलीलाई आग्रह गरेका थिए ।

उनीहरुले अध्यक्ष ओलीलाई बैठक रोकेर कार्यदललाई औपचारिक रुपमा क्रियाशील बनाउन सुझाव दिएका थिए । ‘यो बैठक रोकेर तपाईं माधव नेपालसँग कुरा गर्नुहोस् । उहाँ एकताको पक्षमा हुनुहुन्छ, हिजो हामीले एकता टुंग्याउन सार्थक पहल गर्ने नै निर्णय गरेका छौं’, बालुवाटार पुगेका नेताहरुले आग्रह गरेका थिए । नेपाल समूहका नेताहरुको कुरा सुनेपछि अध्यक्ष ओलीले ‘सल्लाह गर्ने’ जवाफ दिएको स्रोत जनायो ।

तर बालुवाटारमा यी तीन नेता बाहिरिएसँगै बैठक शुरु भएको छ । यो बैठकमा उपाध्यक्ष वामदेव गौतम सहभागी भए पनि माधव नेपाल समूहका नेताहरु अनुपस्थित छन् ।

बिहीबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment