Comments Add Comment

नेविसंघको नारा मेट्दै महानगरले भन्यो- चित्र देखाउन आर्ट ग्यालरी छ

१८ असार, काठमाडौं । रत्नपार्कको आकाशे पुलको पर्खालमा कांग्रेस निकट नेपाल विद्यार्थी संघले लखेको विरोधी नारा काठमाडौं महानगरपालिकाले मेटेको छ । विहान नेवि संघले ‘काठमाडौं महानगरपालिका मुर्दावाद’ र ‘विद्यासुन्दर शाक्य मुर्दावाद’ नारा लेखेको थियो ।

फ्रन्टलाइनरको सम्मानमा कलाकारले २८ नम्बर वडा कार्यालयबाट अनुमति लिएर बनाएको चित्र मेटेपछि आक्रोशित विद्यार्थीले उक्त नारा लेखेका थिए । तर, उक्त नारा पनि अवैध र अभद्र भएको भन्दै महानगरपालिकाले मेटेको हो ।

‘२०५८ सालदेखि हामीले काठमाडौं महानगरपालिका क्षेत्रभित्र भित्ते लेखन, पोष्टर-पम्प्लेट टाँस्ने कार्यलाई प्रतिबन्ध लगाएका छौं,’ काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाले भने, ‘त्यही बेलादेखि काठमाडौं महानगरपालिकाले लिएको यो नीतिलाई कार्यान्वयन गर्दै आएका छौं । त्यहीअनुसार नै ती अभद्र नारा मेटाएका हौं ।’

२०७० सालमा महानगरलाई ‘होडिङ बोर्ड फ्रि काठमाडौँ’ घोषणा गरेका गरेको भन्दै सापकाटोले सहरी सौदर्यलाई प्रतिकुल असर गर्ने कार्यलाई प्रतिबन्ध गर्दै आएको बताए ।

कोभिड-१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुप्रति आथाह सम्मान रहेको भन्दै प्रतिबन्धित स्थानमा त्यस्तो गर्नु उचित नभएको उनले जानकारी दिए।

‘कोभिड-१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुप्रति अथाह सम्मान छ,’ उनले भने, ‘त्यस्तो असल कार्य आर्ट ग्यालरी वा अन्य ठाउँमा गएर वा अन्य माध्ययमबाट पनि बाहिर ल्याउन सकिन्छ । त्यहि प्रतिबन्धित ठाउँ नै रोज्नुपर्ने कुनै कारण छैन । त्यहाँ मात्रै होइन, हामीले अन्य ठाउँमा पनि मेटाएका छौँ । कसैप्रति लक्षित भएर हामीले मेटाएका होइनौँ । हाम्रो नीतिअनुसार गर्नु नहुने काम भएकाले मेटाएका हौँ ।’

उनले राजनीतिक दल र विभिन्न भ्रातृ संगठनलाई समेत विगतदेखि नै पटक-पटक आग्रह गरेको स्मरण गराउँदै सापकोटाले त्यस्तो कार्य नगर्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment