Comments Add Comment

नागरिक लगानी कोषको नौ प्रतिशत बोनस सेयर पारित

१८ असार, काठमाडौं । नागरिक लगानी कोषले आर्थिक बर्ष २०७६/७७ को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित ९ प्रतिशत बोनस सेयर र ८ दशमलव ८९४७ प्रतिशत नगद लाभांस स्वीकृत गरेको छ ।

कोषको २६ औं वाषिर्क साधारणसभाले यस्तो निर्णय गरेको कोषले जनाएको छ । साधारण सभाले आव २०७६/७७ को वाषिर्क प्रतिवेदन समेत पारित गरेको छ ।

कोषले लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण पारित गरेको जनाएको छ । कोषले यसै वर्षदेखि आफ्नो भवनबाट सेवा शुरु गरेको हो ।

चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा कोषले रु. १ खर्व ७२ अर्व रकम संकलन र रु. १ खर्व ७१अर्व ९७ करोड लगानी गरेको छ । यस आवमा कोषको पूँजी बृद्धि हुनका साथै कारोबार विस्तार भई विगत देखि संचालन हुँदै आएका कोष, हिसाब योजना तथा पुँजी बजार सम्बन्धी सेवा समेत निरन्तर रुपमा सञ्चालन भईरहेको बताएको छ ।

कोषको आर्थिक वर्ष २०७६/७७ को करपछिको खुद नाफा ६१ करोड ९६ लाख ७० हजार रहेको छ । खुद नाफा मध्ये बाँडफाँड योग्य रकम ५५ करोड ३६ लाख ७२ हजार रहेको छ । कोषको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने उद्देश्यले नागरिक पेन्सन योजना कार्यक्रम शुरु गरेको जनाएको छ । देशको पुँजीबजारको विकास, विस्तार र स्थायित्व प्रदान गर्ने उद्वेश्यले कोषको अग्रसरतामा नागरिक स्टक डिलर कम्पनी स्थापना गरी कारोबार शुरु भएको समेत कोषले जनाएको छ ।

कोषद्वारा संचालित सम्पूर्ण कार्यक्रममा एनएलके वेभ बेष्ड सफ्टवेयर पूर्ण रुपमा लागू गरिएको छ । नेपाल सरकारको सरकारी लेखा प्रणाली -सिगास) सˆटवेयरमा डाटा आदान प्रदान गर्ने कार्य सम्पन्न गरेको समेत कोषको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment