Comments Add Comment

पाराग्वेलाई पेनाल्टी सुटआउटमा हराउँदै पेरु सेमिफाइनलमा

१९ असार, काठमाडौं । साविक उपविजेता पेरु ब्राजिलमा जारी ४७औं संस्करणको कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिवार बिहान भएको पहिलो क्वाटरफाइनल खेलमा पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै पेरु सेमिफाइनल पुगेको हो ।

पेड्रो लुडोभिको स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेटमा ३-३ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको हो ।

निर्धारित समयमा दुवै टोलीले एक-एक रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएका थिए ।

पेरुका लागि जियालुका लापाडुलाले १५औ र ४०औं मिनेटमा गोल गरे । योसिमर योटुनले ८०औं मिनेटमा गोल गरे । पाराग्वेका लागि गुस्ताभो गोमेजले ११औं, जुनियर अलोन्सोले ५४औं र गाब्रीएल अभालोसले ९०औं मिनेटमा गोल गरे । गोलकर्ता गुस्ताभोले पहिलो हाफको इन्जुरी टाइममा रातो कार्ड पाएपछि पाराग्वेले दोस्रो हाफभर १० खेलाडीमा रहेर खेलेको थियो ।

पेरुका आन्द्रे कारिला ८५औं मिनटमा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । निर्धारित समयमको खेल रोमाञ्चक बराबरी भएपछि पेनाल्टीसुट आउटमा खेल पुग्यो ।

जहाँ पेरुका लागि जियानलुका लापाडुला, योसिमर योटुन, रेनाटा तापिया र मिगुएल ट्राउकाले गोल गरे । सान्टियागो ओमेरनो र क्रिस्टिएन चुएभाले गोल गर्न सकेनन् ।

पाराग्वेका लागि एन्जल रोमेरो, जुनियर एलोन्सो र रोबर्ट पिरिसले मात्र गोल गरे । हेक्टर मार्टिनेज, सामु र अल्बर्टो एस्पिनोला गोल गर्न असफल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment