Comments Add Comment

विराट मेडिकल कलेजलाई कोभिड उपचारको शोधभर्ना नदिन मन्त्रालयलाई सीडीओको पत्र

२० असार, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराट मेडिकल कलेजले कोरोना संक्रमितको उपचारको शुल्क दाबी गरेर छानबिन नगरी भुक्तानी नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रचार गरेको छ ।

मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेजले कोरोना संक्रमितको उपचार गर्दा बिरामीसँग चर्को शुल्क लिएको पाइएपछि जिल्ला प्रशासन कार्यालय मोरङले शोधभर्ना नदिन मन्त्रालयलाई पत्र लेखेको हो ।

मेडिकल कलेजले वैशाख १२ गते मन्त्रालयसँग कोभिड–१९ केयर युनिट सञ्चालनका लागि सम्झौता गरेको थियो । तर सम्झौतापछि पनि कलेजले बिरामीका आफन्तसँग शुल्क लिएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको थियो ।

प्रशासनले अनुगमन गर्दा पनि चर्को शुल्क लिएको देखिएपछि स्पष्टीकरण सोधेको थियो । तर चित्तबुझ्दो जवाफ नपाएपछि असार ६ गते दोस्रो स्पष्टीकरण सोधेका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले असार १७ गते भुक्तानी रोक्न मन्त्रालयलाई सिफारिस गरेका हुन् ।

सरकारसँग निःशुल्क उपचार गर्ने सम्झौता गरे पनि आफ्ना बुबाको उपचार गर्दा चर्को शुल्क लिएपछि सुनसरी इनरुवाका नितेश मेहताले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका थिए । मेहताको उजुरीपछि प्रमुख जिल्ला अधिकारी निरौलाले उपचारका नाममा लिएको शुल्क फिर्ता गर्न लिखित निर्देशन दिएका थिए । तर कलेजले शुल्क फिर्ता गर्न नसक्ने बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment