
२३ असार, काठमाडौं । सहारा विकास बैंकले तीन आर्थिक वर्षको लाभांश वितरण गर्ने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले पछिल्लो तीन आर्थिक वर्षको संञ्चित मूनाफाबाट चुक्ता पुँजीको ५ दशमलव ०५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।
बोनस सेयरको कर प्रयोजनका लागि बैंकले ०.२७ प्रतिशत नगद लाभांश समेत दिने बताएको छ । बैंकले पछिल्लो तीन आर्थिक वर्षको साधारणा सभा समेत गराएको थिएन । लाभांश राष्ट्र बैंकबाट स्वीकृत गराएर साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4