+
+

कालीगण्डकीलाई क्षेत्रीयतावादी दृष्टिकोणबाट नहेरौं : एमाले सांसद भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २३ गते १३:४३

२२ असार, काठमाडौं । नेकपा एमालेका नेता खिमलाल भट्टराईले कालीगण्डकी डाइभर्सन आयोजनालाई क्षेत्रीयतावादी दृष्टिकोणबाट हेरिएको बताएका छन् । राष्ट्रियसभा बैठकमा बोल्दै उनले नेपालमा यस्ता ठूला आयोजनामा विकासमैत्री दृष्टिकोणबाट छलफल नै हुन नसकेको बताए ।

उनले कालीगण्डकी आयोजना जस्ता आयोजना क्षेत्रीयतावादी र धार्मिक आस्थासँग जोडेर बहस हुँदा विकास निर्माणको काम नै हुन नसक्ने स्थिति आएको पनि बताए । नेता भट्टराईले नेपालमा माटो टेके देउता टेकिने, ढुंगा फुटाए देउता फुटाइनेजस्तो स्थिति रहेको भन्दै यसरी हेरेमा विकास निर्माणको काम नै अघि बढ्न नसक्ने बताएका छन् ।

‘त्यसरी सोच्दा विकास निर्माणको काम गर्न सकिंदैन, ढुंगा फुटाउन भएन, माटो टेक्न पनि भएन, रुख काट्न पनि भएन ।’

जापानीले समुद्रमा घर बनाएको भनेर नेपालमा चर्चा हुने गरेको तर देशभित्र भने सामान्य नदी पथान्तरण योजनाको पनि विरोध भएको भन्दै नेता देवकोटाले भने, ‘यस्ता विषयमा बहस गरौं, तर विकासमैत्री भएर ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?