Comments Add Comment

काठमाडौं महानगरपालिकाको बजेट पारित

२५ असार, काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेट तथा कार्यक्रम केही संशोधनसहित सर्वसम्मतिमा पास भएको भएको छ । नगरसभाको नवौँ अधिवेशनको छैटौं बैठकले केही संशोधनसहित सर्वसम्मतिमा पास गरेको हो ।

असार १० गते बसेको नगरसभाको नवौं अधिवेशनको चौथो बैठकमा काठमाडौँ महानगरपालिकाकी सोही  बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आ. व. २०७८/७९ का लागि बजेट पेस गरेकी थिइन् । खड्गीले कुल १८ अर्व ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट पेस गरेकी थिइन् ।

प्रमुख विद्यासुन्दर शाक्यले ‘काठमाडौँ महानगरपालिका आर्थिक विधेयक, २०७८’ पेश गरेका थिए ।

कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचार, भौतिक पूर्वाधार विकास, फोहोर-मैला व्यवस्थापन, लैङ्गकि समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धन, विद्युतीय शासनमार्फत् सुशासन प्रवर्द्धन, उद्यमशिलता प्रवर्द्धन जस्ता उदेश्य हासिल गर्ने लक्ष्यसहित प्रस्तुत बजेट संशोधनसहित सम्र्वसम्मतिले पारित भएको मेयर शाक्यले जानकारी दिए । कुल बजेटमध्ये सामाजिक सुरक्षाभत्ता नेपाल सरकार र प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रमहरु र आयोजनाको खर्च वापत २ अर्ब ८७ करोड ७ लाख रहेको महानगरपालिकाले जानकारी दिएको छ । १६ अर्ब ८ करोड ७० लाख १२ हजार काठमाडौँ महानगरपालिकाको संचितकोष मार्फत हुने खर्च हो ।

महानगरपालिकाले नै दिएको जानकारीअनुसार नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त सशर्त योजना (शिक्षक तलब, स्वास्थ्य, कृषि लगायत) मा १ अर्ब ३२ करोड १४ लाख १० हजार रहेको छ  । निशर्त बजेट भने १४ अर्ब ७६ करोड ५६ लाख २ हजार रहेको छ ।

आज पारित बजेटमा सबै करदातालाई ०७८ पुस मसान्तसम्म १० प्रतिशत छुट दिइएको छ भने होटललाई थप ८० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

‘व्यवसाय करमा होटल मनोरञ्जन प्रदायक र पर्यटनसँग सम्बन्धित व्यवसायमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ,’ काठमाडौँ महानगरपालिका राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले भने, ‘अन्य व्यवसायहरुलाई २० प्रतिशत र शैलुन, व्युटिपार्लर जस्ता व्यवसायलाई ९० प्रतिशत छुटको व्यवस्था गरेका छौँ ।’

बैठकले न्यायिक समितिको प्रतिवेदन, सुशासन समितिको प्रतिवेदन, सहरी योजना आयोगको प्रतिवेदन पनि सर्वसम्मतिले पारित गरेको छ ।

बजेटमा ज्येष्ठ नागरिक विशिष्टीकृत सेवा सहितको महानगर विशेष अस्पताल सञ्चालन गर्न गर्ने, मेयर उज्यालो कार्यक्रम, कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचार, प्रत्येक वडामा कम्तिमा एउटा सार्वजनिक शौचालय जस्ता विषय बजेटमा समावेश गरिएको छ ।

त्यसैगरी बजेटमा प्रत्येक वडामा एक नमुना विद्यालय, प्रत्येक वडामा न्यूनतम एउटा पार्क, ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने स्वास्थ्यलगायतका सेवा सुविधाहरू, ज्येष्ठ नागरिक मिलन केन्ऽ निर्माण जस्ता विषय पनि बजेटमा समावेश गरिएको छ ।

त्यस्तै मानवअधिकार प्रवर्द्धन, लैङ्गकि समानता तथा सामाजिक समावेशीकरण, आधारभूत शहरी भौतिक पूर्वाधार, संस्कृति तथा सम्पदा संरक्षण, स्थानीय भाषाको संरक्षण र प्रवर्द्धन,उद्यमशिलता प्रवर्द्धन, विद्युतीय शासनको प्रवर्द्धन, युवासँग मेयर, पौरखी मेला, खेलकूदको विकास, जीवन निर्वाहका लागि पारिश्रमिकलगायतका कार्यक्रमहरू पनि बजेटमा समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment