Comments Add Comment

वकिलको आम्दानीलाई करको दायरामा ल्याइने

फाइल तस्वीर

२६ असार, काठमाडौं । कानून व्यवसायीहरुको आम्दानीलाई करको दायरामा ल्याइने भएको छ । आइतबार नेपाल कानून व्यवसायी परिषद्को प्रथम पञ्चवर्षीय रणनीतिक योजनाको प्रतिवेदन पुस्तिका लोकार्पण गर्दै परिषद्का अध्यक्ष एवं महान्यायाधिवक्ता रमेश बडालले कानून व्यवसायीहरुको आम्दानीलाई आगामी पाँच वर्षभित्र करको दायरामा ल्याइने बताए ।

‘कुनै सेवाग्राहीले दिएको पैसा खल्तीमा राखेर बस्ने होइन । वर्षमा कति कमायो कमाएको भए त्यसवापतको कर तिर्नुपर्‍यो । कमाएको छैन भने छैन भन्नुपर्‍यो,’ बडालले भने, ‘कानून व्यवसायीको आम्दानीलाई करको दायरामा आउनुपर्छ । यो हामी अबको पाँच वर्षभित्र गर्न सक्छौं ।’

महान्यायाधिवक्ता बडालले कानून व्यवसायीहरुलाई अनुशासनमा राख्न जरुरी भइसकेको बताए । अन्यथा आचारसंहिता उल्लंघन गर्ने कानून व्यवसायी जतिसुकै ठूलो वरिष्ठ भए पनि कारबाही गर्ने गरी आचारसंहिताको तयारी गरिएको बताए । ‘जतिसुकै वरिष्ठ भए पनि अनुशासन उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । यसका लागि हामी पहिलो महिनामा नै आचारसंहिता बनाउँछौं र लागू गर्छौं,’ बडालले भनेका छन् ।

आइतबार सार्वजनिक नेपाल कानून व्यवसायी परिषद्को प्रथम पञ्चवर्षीय रणनीतिक योजना साउन १ गतेदेखि लागू हुने परिषद्का योजना तर्जुमा समितिका संयोजक डा. चन्द्रकान्त ज्ञवालीले बताए ।

सक्षम र मर्यादित कानून व्यवसायमार्फत विधिको शासन, सक्षम न्यायपालिका र प्रणालीको संस्थागत विकासका लागि पञ्चवर्षीय रणनीतिक योजना ल्याइएको संयोजक ज्ञवालीले बताएका छन् ।

पञ्चवर्षीय रणनीतिक योजनामा मुख्यतः ६ वटा लक्ष्य, २७ राणनीति र १२० क्रियाकलापहरु निर्धारण गरिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment