Comments Add Comment

म्यासेज पढेको थाहा दिने अप्सन कसरी बन्द गर्ने ?

हामीले प्रयोग गर्ने ह्वाट्सएप, फेसबुक म्यासेन्जर, भाइबर र एप्पलको आईम्यासेजमा यस्तो एउटा फिचर हुन्छ, जसले म्यासेज पाउने मान्छेले हेरे/नहेरेको पठाउनेलाई थाहा हुन्छ । म्यासेजिङ एपबाट कुरा गर्दा यो निकै महत्वपूर्ण पनि हुन्छ किनकी आफूले पठाएको म्यासेज सम्बन्धित व्यक्तिले पाए/नपाएकोमा ढुक्क हुन सकिन्छ ।

ह्वाट्सएप, फेसबुक म्यासेन्जर, भाइबर र आईम्यासेजमा फरक-फरक तरिकाले म्यासेज पठाउने मान्छेलाई म्यासेज पढिएको सूचना दिन्छन् । यद्यपि तपाइँ आफ्नो गोपनीयताको दायरा बढाउन चाहनुहुन्छ र म्यासेज पठाउने मान्छेलाई आफुले म्यासेज पढेको जानकारी नहोस् भन्ने चाहनुहुन्छ भने यो अप्सन जुनसुकै बेला बन्द गर्न मिल्छ ।

उदाहरणको लागि ह्वाट्सएपमा तपाइँले पठाएको म्यासेज कसैले पढेको अवस्थामा एउटा निलो ठिक चिह्न म्यासेजको दायाँतर्फ देख्न सकिन्छ भने भाइबरमा ‘सिन’ लेखेरै म्यासेज पढे/नपढेको जानकारी दिन्छ ।

यहाँ ह्वाट्सएप, फेसबुक म्यासेन्जर, भाइबर र एप्पलको आईम्यासेज एपमा म्यासेज पढेको थाहा दिने अप्सन कसरी बन्द गर्ने भनेर उल्लेख गरिएको छ –

ह्वाट्सएप

१. यो अप्सन बन्द गर्न सबैभन्दा दायाँपट्टीको सबैभन्दा माथि रहेको तीनओटा डटमा थिच्नुहोस् । त्यहाँ देखिने अप्सनमध्ये सेटिङ्समा जानुहोस् ।

२. सेटिङ्समा गएपछि एकाउन्ट र त्यसपछि प्राइभेसीमा जानुहोस् ।

३. प्राइभेसीमा रिड रिसिप्ट भन्ने अप्सन देखिन्छ । जुन अप्सन तपाइँकोमा अन भइराखेको हुन सक्छ । यसलाई अफ गर्नुभयो भने व्यक्तिगत कुराकानीमा तपाइँले म्यासेज पढेको पठाउने मानिसलाई थाहा हुँदैन । यद्यपि ग्रुप च्याटमा भने यो अप्सन बन्द गर्न मिल्दैन ।

फेसबुक म्यासेन्जर

फेसबुक म्यासेन्जरमा भने पठाएको आफ्नो म्यासेज पढेको थाहा बनाउने कुनै अप्सन छैन । यसमा रहेको एउटा अप्सनको माध्यमबाट तपाइँले आफू अनलाइन भएको वा नभएको भनेर नदेखाउन भने सक्नुहुनेछ । जसको कारण तपाइँ अनलाइनमा हुँदा पनि तपाइँको साथीको म्यासेन्जरमा तपाइँलाई अनलाइन देखाउँदैन । तपाइँ कति समयअघिसम्म अनलाइनमा हुनुहुन्थ्यो भन्ने जानकारी पनि तपाइँका साथीले पाउन सक्छन् । यो अप्सन प्रयोग गरेपछि भने उक्त जानकारी पनि तपाइँका साथीले पाउँदैनन् । त्यसका लागि तपाइँले म्यासेन्जरमा गई तपाइँको आफ्नो प्रोफाइल आइकनमा थिचेर ‘एक्टिभ अन’ बटमलाई अफ गर्नुपर्ने हुन्छ ।

यद्यपि यो तरिका प्रयोग गरेर म्यासेन्जरमा पठाउने मान्छेलाई थाहा नदिई म्यासेज हेर्न भने सकिन्छ ।

१. फेसबुक म्यासेन्जरमा म्यासेज आएको नोर्टिफिकेसन पाएपछि तपाइँले आफ्नो मोबाइलको एयरप्लेन मोड अन गर्नुहोस् । यसले तपाइँको मोबाइलमा इन्टरनेट र नेटवर्क कनेक्सन बन्द गरिदिन्छ ।

२. त्यसपछि तपाइँले म्यासेन्जर खोलेर इन्टरनेट कनेक्सन विना नै उक्त क्यासेजहरु हेर्नुहोस् ।

३. म्यासेज हेरिसकेपछि एप बन्द गर्नुहोस् ।

४. अब तपाइँले एयरप्लेन मोड अन गर्न सक्नुहुन्छ । यसो गर्दा म्यासेज पठाउने मान्छेलाई तपाइँले अर्कोपटक म्यासेन्जर एप नखोल्दासम्म म्यासेज हेरेको थाहा हुँदैन  ।

भाइबर

१. भाइबरको सेटिङ अप्सनमा गई प्राइभेसी अप्सन ट्याप गर्नुहोस् ।

२. त्यहाँ रहेको ‘सेण्ड सीन स्टाटस’ लेखेको अप्सनमा टीक मार्क गरिएको हुन्छ, त्यसलाई अफ गर्नुहोस्

३. साथै तपाइले सेयर अनलाइन स्टाटस भन्ने अप्सन पनि भेट्नुहुनेछ, त्यो अप्सन अफ गर्नुभयो भने तपाइ अनलाइन हुनुहुन्छ वा हुनुहुन्न भन्ने जानकारी अन्य प्रयोगकर्तालाई देखाउने छैन् ।

आईम्यासेज

आईम्यासेजमा भने यो अप्सन बन्द गर्न ह्वाट्सएप वा भाइबरमा भन्दा धेरै स्टेप पालना गर्नुपर्ने हुन्छ ।

१. आईओएस डिभाइसमा आईम्यासेज एप खोल्नुहोस् ।

२. सेटिङ्समा जानुहोस् र त्यहाँ रहेको म्यासेज भन्ने अप्सन छान्नुहोस् ।

३. त्यहाँ तपाइँले ‘सेन्ड रिड रिसिप्ट्स’ भन्ने अप्सन देख्नुहुनेछ । पूर्णरुपमा यो अप्सन बन्द गर्न उक्त अप्सनलाई अफ गर्नुहोस् ।

४. विशेष केही मानिसलाई मात्र यो अप्सन बन्द गर्न सम्बन्धित प्रयोगकर्तासँगको च्याटमा गएर उक्त प्रयोगकर्ताको प्रोफाइल पिक्चरमा थिच्नुहोस् ।

५. त्यसपछि इन्फो भन्ने आइकनमा गएर ‘सेन्ड रिड रिसिप्ट’ भन्ने अप्सन अफ गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment