+

२०२३ को च्याम्पियन्स लिग फाइनल टर्कीको इस्तानबुलमा हुने

२०७८ साउन  २ गते १२:१६ २०७८ साउन २ गते १२:१६
२०२३ को च्याम्पियन्स लिग फाइनल टर्कीको इस्तानबुलमा हुने

२ साउन, काठमाडौं । सन् २०२३ को युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल खेल टर्कीको इस्तानबुलमा हुने भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले २०२३ को फाइनल इस्तानबुलमा गर्ने निर्णय गरेको हो ।

यसअघि कोरोनाको कारण २०२०-२१ को सिजनको फाइनल इस्तानबुलाट पोर्चुगलको पोर्टोमा सारिएको थियो । त्यसैले यूईएफले टर्कीको अटाटर्क को ओलम्पिक स्टेडियमलाई २०२३ को फाइनल आयोजना गर्न दिने निर्णय गरेको हो ।

यूईएफएले आगामी दुई सिजनको च्याम्पियन्स लिग, युरोपा लिग र युरोपा कन्फ्रेन्स लिगको समूह चरणको ड्र पनि इस्तानबुलमै गर्ने निर्णय गरेको छ ।

सन् २०२२ को फाइनल खेल रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा हुनेछ ।

यसअघि सन् २०२३ को फाइनल जर्मनीको म्युनिखमा आयोजना गरिने भनिएको थियो ।त र अम म्युनिखमा २०२५ को फाइनल आयोजना हुनेछ ।

यस्तै २०२४ को फाइनल भने इंग्ल्यान्डको वेम्बली स्टेडियममै हुने यूईएफएले जनाएको छ ।

युरो २०२० को आयोजना अधिकार गुमाएको आयरल्याण्डको डब्लिनले २०२४ को युरोप लिग फाइनल आयोजना गर्नेछ । यस्तै स्पेनको विल्वाओले २०२४ को महिला च्याम्पियन्स लिग फाइनल र २०२५ को पुरुष युरोपा लिग फाइनल आयोजना गर्नेछ ।

२०२२ को युरोपा लिग फाइनल स्पेनको सेभियल र २०२३ को युरवपा लिग फाइनल हंगेरीको बुढापेष्टमा आयोजना हुनेछ ।

च्याम्पियन्स लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

- अनलाइनखबर २०८१ असोज ६ गते १७:५०
4 Stories
सृष्टिको बिकिनी अवतार

सृष्टिको बिकिनी अवतार

- अनलाइनखबर २०८१ असोज ६ गते १७:११
6 Stories
भिटेनको ट्याटुमा के छ ?

भिटेनको ट्याटुमा के छ ?

- अनलाइनखबर २०८१ असोज ६ गते १६:३८
5 Stories
५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १६:१२
6 Stories
६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १५:५८