Comments Add Comment

रुपन्देहीमा पाँच फरार अभियुक्त पक्राउ

८ साउन, बुटवल । बैकिङ कसुरसहित जघन्य अपराधका फरार पाँच अभियुक्तलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

फरार अप्रेशन अभियान (एफओपी) अन्तर्गत बैंकिङ कसुरका तीनजना र अन्य अपराधका दुई जना अभियुक्त पक्राउ परेका हुन् । उनीहरुमाथि १५ वर्ष ३० दिन सजाय तथा ६२ लाख ५ हजार जरीवाना तोकिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाका अनुसार बैंकिङ कसुर मुद्दामा ५ दिन कैद र १२ लाख जरीवाना तोकिएका फरार अभियुक्तहरु रुपन्देही बुटवल-८ बस्ने अशोक कुमार शर्मा, ५ दिन कैद र १४ लाख जरीवाना तोकिएका तिलोत्तमा– ५ रुपन्देहीका ४२ वर्षिय एक नारायण अर्याल र १० दिन कैद र ३६ लाख जरिवाना तोकिएका बुटवल १३ रुपन्देहीका ४६ वर्षीय शिव कुमार रणपाल पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई फरक फरक स्थानबाट पक्राउ गरेको प्रवक्ता थापाले बताए ।

तिनैजना विगतमा जग्गा कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ । यस्तै जबर्जस्ती करणी मुद्दामा १० बर्ष कैद तोकिएपछि फरार रहेका बुटवल–४ का ५८ वर्षिय पुर्ण बहादुर पाण्डेलाई नवलपुर मध्यविन्दु १४ बाट र लागु औषध मद्दामा ५ बर्ष कैद र ५ हजार जरिवानाको फैसला भएका फरार प्रतिवादी बुटवल १३ का विशन राना पनि पक्राउ परेका छन् ।

पांचै जनालाई अदालतमा बुझाइएको प्रहरी प्रवक्ता थापाले बताए । फरार अप्रेशन अभियान अन्तर्गत बैसाख यता २२ जना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment