+
+

अमेरिकी गुप्तचर निकाय सीआईएका प्रमुख र तालिबान नेताबीच गोप्य भेट !

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते १४:३७

९ भदौ, काठमाडौं । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएका प्रमुखले तालिबानका नेतासँग गोप्य भेट गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

न्यूयोर्क टाइम्स, वासिङटन पोष्ट, असोसिएटिड प्रेस, एनपीएसहितका सञ्चारमाध्यमहरुले स्रोतलाई उदृत गर्दै सोमबार सीआईए र तालिबानबीच बैठक भएको समाचार सम्प्रेषण गरेका छन् ।

तर तालिबान र सीआईए कसैले पनि विलिअम बर्न्स र मुल्लाह बरादरबीचको भेटबारे पुष्टि गरेका छैनन् ।

तर यो भेटबारे पुष्टि भएमा तालिबानले काबुल कब्जा गरेपछि अमेरिका र तालिबानबीच भएको यो नै उच्च तहको भेटघाट हुनेछ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?