+
+

स्थानीयको प्रदर्शनपछि जनकपुरधामको पुल्चोकमा सडक मर्मत शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १३ गते १९:४६

१३ भदौ, जनकपुरधाम । स्थानीयले प्रदर्शन गरेपछि जनकपुरधामको पुल्चोकमा सडक मर्मत शुरु गरिएको छ । सडक मर्मतको माग गर्दै पुल्चोकका बासिन्दाले आइतबार बिहानदेखि सडकमा टायर बालेर बाटो नै अवरुद्ध गरेपछि दिउँसोबाट मर्मतको काम शुरु भएको हो ।

जनकपुरधाम उपमहानगरपालिकाको समन्वयमा हुलाकी राजमार्ग निर्देशनालय धनुषाले स्काभेटर लगाएर सडक मर्मतको काम शुरु गरेको छ । यो हुलाकी सडक आयोजना अन्तर्गतको सडक हो ।

पहिलो चरणमा बाटोमा बनेको खाल्डो पुरेर पानीको निकास दिई माटो र ग्राभेलको काम गरिने जनाइएको छ । एक हप्ताभित्र सम्बन्धित निकाय, स्थानीय व्यापारी, बुद्धिजीवी, मिथिला विहारी सञ्चालक समिति, पुल्चोक युवा क्लबका प्रतिनिधिबीच बैठक बसी कालोपत्रे, पुल तथा नाला निर्माण सम्बन्धमा छलफल गरिने सहमति भएको स्थानीय किसन साहले बताए ।

स्थानीयले आन्दोलन गरेपछि जनकपुरधाम उपमहानगरपालिकाका प्रतिनिधि, हुलाकी सडक आयोजनाका प्रतिनिधि, जनकपुर उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय बासिन्दाबीच काम छिटो गराउने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?