Comments Add Comment

चीनले कोरोना खोप सहकार्यबारे अन्तर्राष्ट्रिय सम्मेलन गर्ने, नेपाललाई पनि निम्तो

चीनमा निर्मित भेरोसेल खोप लगाउँदै सर्वसाधारण

१७ साउन, काठमाडौं । चीनले कोरोनाविरुद्धको खोप सहकार्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । आगामी अगष्ट ५ मा चीनले कोरोना भाइरस खोपसम्बन्धी अन्तर्राष्ट्रिय फोरमको पहिलो बैठक गर्ने भएको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यीको पहलमा हुन लागेको उक्त सम्मेलनमा नेपाललाई पनि निमन्त्रणा गरिएको छ । भर्चुअल माध्यममा हुने सम्मेलनको विषयवस्तु ‘कोरोना खोपमा अन्तर्राष्ट्रिय सहकार्य अभिवृद्धि, विश्वभर निष्पक्ष र समान खोपको वितरण’ रहेको छ ।

विभिन्न देशका विदेशमन्त्री, स्वास्थ्यमन्त्री, उच्च सरकारी अधिकारी, संयुक्त राष्ट्रसंघका प्रतिनिधि र खोप उत्पादक कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहनेछ । नेपालले भने सो सम्मेलनमा सहभागी हुने नहुने विषयमा यकिन गरेको छैन ।

चीनले पछिल्लो समय खोपको न्यायोचित वितरणमा विशेष जोड दिँदै आएको छ । चीन विश्वमै सबैभन्दा धेरै विभिन्न मुलुकलाई अनुदानमा खोप उपलब्ध गराउने मुलुक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment