+
+
Shares

ईजाजतबिना उपचारमा संलग्न भएको अभियोगमा एकजना भारतीयसहित तीनजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १७ गते १८:३०

१७ साउन, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले ईजाजतबिना उपचारमा संलग्न भएको अभियोगमा एकजना भारतीय नागरिकसहित तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भइ हाल काठमाडौं चाबहिल बस्‍दै आएका ३१ वर्षीय सौरभ कुमार, पिपरा गाउँपालिका-३ महोत्तरी घर भइ काठमाडौं चाबहिल बस्‍दै आएका ४० वर्षीय डा. रावेत रञ्‍जन कुमार ठाकुर र बैतेश्वर गाउपालिका-६ स्थायी घर भइ काठमाडौंको चाबहिल बस्‍दै आएका ४६ वर्षीय राधाकृष्ण तामाङ रहेका छन् ।

उनीहरुलाई काठमाडौंको चाबहिलस्थित हेल्दी स्माइल ओमकार डेण्टल होमबाट शनिबार पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले जनाएको छ ।

उनीहरुले नेपाल मेडिकल काउन्सिलको अनुमतिबिनै चिकित्सकको रुपमा काम गरी बिरामीहरुको चेकजाँच गर्ने, चिरफार तथा सर्जरी समेतका उपचार कार्यमा संलग्न रहेको प्रहरी उपरीक्षक (एसपी) एवं ब्‍यूरोका प्रवक्ता श्‍यामकुमार महतोले जानकारी दिए ।

पक्राउ परेका उनीहरुमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १९ अन्तर्गतको ईलाज सम्बन्धी कसूर तथा अन्य प्रचलित कानून बमोजिम कारवाही गर्न आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?