+

चेल्सी र टोटनहमले खेले बराबरी

२०७८ साउन  २१ गते ८:४१ २०७८ साउन २१ गते ८:४१
चेल्सी र टोटनहमले खेले बराबरी

२१ साउन, काठमाडौं । प्रिसिजनअघिको मैत्रीपूर्ण खेलमा प्रिमियर लिगका दुई क्लब चेल्सी र टोटनहम हट्सपरले बराबरी खेलेका छन् । लण्डन क्लब बीचको भिडन्त २-२ गोलको बराबरी सकिएको हो ।

हाकिए जियचको दुई गोलमा चेल्सीले दुई गोलको अग्रता बनाएपनि कायम राख्न सकेन ।

घरेलु मैदान स्टानपोर्ड ब्रिजमा भएको खेलको १६औं र ४९औं मिनेटमा जिएचले गोल गरेपछि चेल्सीले २-० को अग्रता बनाएको थियो । तर त्यसपछि टोटनहमले पनि दुई गोल फर्कायो । टोटनहमका लागि लुकास माउराले ५६औं र स्टेभेन बर्जविनले ७०औं मिनेटमा गोल गरे ।

अर्को खेलमा प्रिमियर लिग कलब लेस्टर सिटीले स्पानिस क्लब भियारियाललाई ३-२ ले पराजित गरेको छ । लेस्टरका लागि काग्लर सोयन्चु, हार्भे बार्न्स र अयोज परेजले गोल गरे । भियारियालका लागि फेर निनो र एलेक्स मिलानले गोल फर्काए ।

चेल्सी टोटनहम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय