+

फ्रेन्च लिग : पुनरागमन जितसहित पीएसजीको सुखद सुरुआत

२०७८ साउन  २४ गते ९:१६ २०७८ साउन २४ गते ९:१६
फ्रेन्च लिग : पुनरागमन जितसहित पीएसजीको सुखद सुरुआत

२४ साउन, काठमाडौं । ट्रोएसविरुद्ध पुनरागमन जितसहित पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानको नयाँ सिजनमा सुखद सुरुआत गरेको छ ।

शनिबार राति भएको सिजनको पहिलो खेलमा पीएसजीले एक गोलले पछि परेको स्थिति उल्टाएर ट्रोएसलाई २-१ ले पराजित गरेको हो ।

२१ मिनेटभित्रै तीन गोल भएको खेलको नवौं मिनेटमा ओएलिड एल हाजिमले गोल गर्दै ट्रोएसलाई सुरुआती अग्रता दिलाएका थिए । तर उक्त अग्रता धेरै बेर टिकेन।  पीएसजीले दुई मिनेट अन्तरमा दुई गोल फर्कायो ।

१९ औं मिनेटमा पीएसजीका अच्रफ हाकिमीले गोल गर्दै खेल बराबरीमा ल्याए । हाकिमी यसै सिजन इन्टरबाट पीएसजी आएका हुन् ।

यस्तै २१औं मिनेटमा माउरो इकार्डीले गोल गर्दै पीएसजीलाई २-१ को अग्रता दिलाए । त्यसपछि भने थप गोल नहा पीएसजी विजयी भयो ।

जितपछि पीएसजीले पहिलो खेलमै ३ अंक जोडेको छ । पीएसजी अंकतालिकामा शीर्ष स्थानमा छ ।

यस्तै लिगकै अन्य खेलमा अर्को खेलमा लियोन र ब्रेस्टले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । त्यसअघि मोनाकोले पनि नान्ट्ससँग १-१ कै बराबरी खेलेको थियो ।

पीएसजी फ्रेन्च लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३
3 Stories
तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:३२
5 Stories
गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:२४
6 Stories
मकैको च्याख्ला उत्तम कि चामल ?

मकैको च्याख्ला उत्तम कि चामल ?

- अनलाइनखबर २०८१ असोज १० गते १४:४१