+
+
Shares

सत्ता गठबन्धनका नेता र सरकारको साझा कार्यक्रम तयार पार्ने कार्यदलबीच छलफल सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २४ गते १०:४२
कार्यदलका नेताहरु ।

२४ साउन, काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेता र सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेको कार्यदलका सदस्यहरुबीच छलफल सुरु भएको छ । छलफल प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु सम्मिलित कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरुलाई बुझाएको थियो । साझा कार्यक्रममा मन्त्रीहरुको आचारसंहिता, सरकारका प्राथमिकता, संघीयता सुदृढीकरणलगायत विषय समेटिएको छ ।

सरकारले आजै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?