Comments Add Comment

एकैदिन थपिए ३,९१५ जना कोरोना संक्रमित, २७ जनाको मृत्यु

२९ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३,९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११ हजार ७ सय ८ पीसीआर परीक्षण गर्दा २ हजार ७६३ जना र ६ हजार ८७४ एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ५२ गरी ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने २ हजार ११८ जना निको भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २८ हजार ५३२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार २३९ पुगेको छ भने ६ लाख ७९ हजार ४९५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ जना रहेका छन् । जसमध्ये ३५ हजार ५१८ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३६ जना आईसीयू र १८६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ७३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय १८ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ७९९, कास्कीमा ३६६, चितवनमा १९९, झापामा १८०, भक्तपुरमा १६२, ललितपुरमा १२८, सुनसरीमा ११२ र मोरङमा १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नवलपरासी पूर्वमा ५५, दोलखामा ५२, मकवानपुर र रुपन्देहीमा ४९/४९ जना, बागलुङमा ४२, नुवाकोटमा ३८, सुर्खेतमा ३२ जनामा कोरोना संक्रमण देखिएको छ ।

बाँकेमा २६, काभ्रेपलाञ्चोकमा २२, दाङमा २१, गोरखा र पाल्पामा १९/१९ जना, धादिङ, तनहुँ र स्याङजामा १५/१५ जना, इलाम र धनकुटामा १४/१४ जना, सिन्धुली र कञ्‍चनपुरमा १३/१३ जना, लमजुङ र गुल्मीमा १२/१२ जना र रामेछापमा ११ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment