+
+

शान्ति समाजद्वारा थप दुई पुरस्कार स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते ११:४४
स्वर्गीय मानबहादुर रावल र पद्मप्रसाद दाहाल ।

१७ भदौ, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले श्रष्टा सम्मान अभियान अन्तर्गत थप दुई पुरस्कार स्थापना गरेको छ । मानवबहादुर रावल वातावरण श्रष्टा सम्मान र पद्यप्रसाद दाहाल श्रष्टा सौगात पुरस्कार स्थापना गरेको हो ।

दुवै पुरस्कारको राशि २० हजार रहेको छ । हरेक वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको अवसर पारेर साहित्यका विभिन्न विधामा योगदान गरेका व्यक्तिलाई यी दुई पुरस्कार प्रदान गरिने शान्ति समाजले जनाएको छ ।

पुरस्कार स्थापनार्थ अक्षय कोषका लागि स्व. मानबहादुर रावलका छोरा तथा  शान्ति समाजका उपसभापति  कृष्णबहादुर रावलले दुई लाख र स्व. पद्यप्रसाद दाहाल (मादी, संखुवासभा) का नातिनि र नातिहरुले दुई लाख रुपैयाँ शान्ति समाजलाई प्रदान गर्ने घोषणा गरेका छन् । स्वर्गीय रावल र दाहालको सम्झना गर्दै उनीहरुले सहयोगको घोषणा गरेका हुन् ।

यी दुई पुरस्कारसहित शान्ति समाजले स्थापना गरेका पुरस्कारको संख्या १३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?