+
+

अफगानिस्तानलाई २० करोड युआन सहयोग दिने चीनको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २४ गते १२:१८

२४ भदौ, काठमाडौं । चीनले अफगानिस्तानलाई २० करोड चिनियाँ युआनबराबरको सहयोग दिने घोषणा गरेको छ । जसमा खाद्यान्न आपूर्ति र कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप पनि सामेल छ । चीनले यसअघि नै अफगानिस्तानमा हालै बनेको तालिबानको सरकारसँग काम गर्न इच्छुक रहेको बताइसकेको छ ।

चीनले अफगानिस्तानको नयाँ अन्तरिक सरकारको गठन कानुन–व्यवस्था कायम राख्नका लागि आवश्यक रहेको बताएको छ । अमेरिकाले भने आफू अहिले नै तालिबानलाई मान्यता दिने पक्षमा नरहेको बताएको छ । यस्तोमा चीनले भने नयाँ सरकारलाई सहयोगसमेत घोषणा गरेको हो ।

चीनका विदेशमन्त्री वाङ यीले बुधबार अफगानिस्तानका छिमेकी मुलुकहरुको बैठकको क्रममा यस्तो घोषणा गरेका हुन् । उनले अन्य मुलुकलाई पनि अफगानिस्तानलाई सहयोगको लागि आग्रह गरेका छन् । चीनले अफगानिस्तानलाई ३० लाख डोज कोरोना खोप पनि उपलब्ध गराउने भएको छ ।

चीनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता जाने निर्णयको खुलेर आलोचना गरेको छ । चीनले अमेरिकी सेनाले अफगानिस्तानमा ‘विध्वंस’ मच्चाएको आरोप लगाएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment