+
+

क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार गरे कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २४ गते १९:०४

२४ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार गैह्रकानूनी ठहर गर्दै यस्तो कार्य गर्ने/ गराउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक राम पौडेलले बिहीबार सूचना जारी गर्दै क्रिप्टोकरेन्सी कारोबार, प्रयोग र यसको माइनिङ जस्ता कार्य गैह्रकानूनी भएको भन्‍दै कारोबार नगर्न/नगराउन सचेत गराएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग, माइनिङ गैर कानूनी रहेकाले यस्ता प्रकारका क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग र माइनिङ सम्‍बन्धी कार्य नगर्नु/नगराउनु हुने विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले दिएको अधिकार प्रयोग गरी यो सूचना जारी गरिएको छ।’

बैंकले त्यस्तो कारोबारबाट सर्वसाधारणहरु ठगिएको तथा ठगिन सक्ने देखिएकाले उक्त कारोबारमा गरे/गराएको पाइएमा कानून बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?