+
+

‘सक्किगोनि’ टिमले छाड्यो ओएसआर, अब ‘जेपिटी क्रियसन’ युट्युबमा सार्वजनिक हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३० गते १३:२२

लोकप्रिय हाँस्य टेलिसिरियल ‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलमार्फत प्रशारण हुने भएको छ । यसअघि यसको युट्युब राइट्स ओ एस आर डिजिटलले लिएको थियो । ओएसआरसँगको एक वर्षको सम्झौता अवधि सकिएका कारण टेलिसिरियललाई आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गर्ने निणर्य गरिएको यसका लेखक निर्देशक एवं कलाकार कुमार कट्टेलले जानकारी दिए ।

उनले भने, ‘उहाँहरुसँग एक वर्षको सम्झौता गरेका थियौं । त्यो अवधि सकियो । टिममा अहिलेलाई आफ्नै च्यानलमा ल्याऔं भन्ने सल्लाह भएपछि यो निणर्य गरेका हौं ।’ हिमालय टेलिभिजनबाट बिहीबार राती ८ बजे प्रशारण हुने टेलिसिरियल ९ बजे जेपिटी क्रियसनको युट्युबमा सार्वजनिक हुनेछ ।

कुमारले टेलिसिरियलको बिहीबारको भाग विगतमा भन्दा फरक रहेको समेत बताए । बिहीबारको भाग कमेडीभन्दा सामाजिक विषयवस्तुमा आधारित हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?