+
+

रिजर्भ बस्ने उपासना

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते १२:०८

नायिका उपासना सिंह ठकुरीलाई लिएर केही निर्देशकले लकडाउनपछि म्युजिक भिडियो बनाउन नचाहेका होइनन् । उपासना नेपाली चलचित्रमा पछिल्लो पुस्ताकी सबैभन्दा बढी माग भएकी नायिका हुन् । २ वटा चलचित्रमा काम गरेपछि उपासनाको माग बढेको थियो । उनको हातमा २ वटा चलचित्र छन्, जसमध्ये ‘डिसेम्बर फल्स’को केही प्रतिशत छायांकन सकिएको छ भने ‘मिरर’को छायांकन सुरु भएकै छैन ।

नेपाली चलचित्रका अधिकांश कलाकारहरुले आफूलाई रिजर्भ राख्न नसक्दा स्टारडम कमजोर बनाइरहेका छन् । अझ, लकडाउनयता त अधिकांश नायक–नायिका सार्वजनिक रुपमा यति धेरै देखिए कि, दर्शकलाई उनीहरुमाथि कुनै रहस्य नै बाँकी छैन ।

तर, केही थोरै मात्र कलाकारले त्यो रहस्यलाई बचाएका छन् । यसमै पर्छिन् उपासना सिंह ठकुरी ।

सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै फ्यानलाई आफ्नो बारेमा जानकारी दिने उपासना सार्वजनिक रुपमा र मिडियामा पनि निक्कै कम देखिने नायिका हुन् । यसैले, पनि उनलाई चलचित्रमा नै हेर्न दर्शकहरु उत्साहित हुने गरेका छन् । ‘क्याप्टेन’ डेब्यू नायिकाको ‘कबड्डी कबड्डी कबड्डी’ ब्लकबस्टर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?