+
+

हेटौंडाका २ पत्रकारलाई रामहरि केबी स्मृति फोटो पत्रकारिता पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते १२:३१

३२ भदौ, काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल मकवानपुरले एक कार्यक्रमका बीच ‘रामहरि केबी स्मृति फोटो पत्रकारिता पुरस्कार २०७८’ र रामहरि केबी स्मृति फोटो पत्रकारिता प्रोत्साहन पुरस्कार २०७८ वितरण गरेको छ ।

समूहले यस वर्ष फोटोग्राफीमार्फत पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै हेटौंडा उपमहानगरपालिका – ६ निवासी रत्नलाल महर्जन र फोटोग्राफर दृष्टान्त विडारीलाई नगदसहित सम्मानपत्र प्रदान गरेको हो ।

अधिवक्ता एवम् पत्रकार ऋषि केबीले स्वर्गीय पिता रामहरि केबीको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेका हुन् ।

कार्यक्रममा स्वर्गीय केबीको बुहारी पुन्यशीला श्रेष्ठले सम्मानित हुने दुवैलाई दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष मणिराज गौतम, सल्लाहकार बालकृष्ण अधिकारीलगायत मकवानपुरका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?