+
+

चिकित्सा शिक्षा आयोगको संशोधित म्याचिङ लिस्ट सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते ११:०८

५ असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले पूर्व मनोनयनका लागि यसअघि प्रकाशित गरेको चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्ति तथा विदेशी कोटाको म्याचिङ सूचीमा गडबडी देखिएपछि पुनः अर्को सूची निकालेको छ ।

आयोगले २८ भदौमा प्रकाशित गरेको पूर्व मनोनयनको लागि प्रकाशित गरेको म्याचिङ सूचीमा गडबडी देखिएको हो । आयोगले ४ असोजमा सूचना प्रकाशित गर्दै ५ देखि ७ असोजभित्र पूर्व मनोनयनमा परेका विद्यार्थीले स्वीकार गर्ने वा नगर्ने जानकारी दिन अनुरोध गरेको छ ।

एक साताअघि निकालेको सूचनामा विएस्सी नर्सिङ, विएन लगायतका केही विषयका सूची र केही विदेशी कोटाको र्‍याङ्कमा गडबडी देखिएपछि नयाँ सूची प्रकाशित गरेको आयोगले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?