
फाइल तस्वीर
६ असोज, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)लाई कुरुप बनाउने काम गरिएको बताएका छन् ।
पार्टी केन्द्रीय कमिटी बैठकको समूहगत छलफलमा जबजबारे प्रश्न उठेको थियो । जवाफमा अध्यक्ष नेपालले जबज माक्र्सवादको सिर्जनात्मक प्रयोगको एक अध्याय भएको बताए ।
‘न हामी जबजको देवत्वकरण गर्छौं, न त्यसको कुरुपीकरण । हामी जबजलाई विकसित गर्नेछौं, त्यसलाई समृद्ध पार्नेछौं,’ अध्यक्ष नेपालले भने । अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न पाँच समूह बनाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4