+
+

प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १५ गते १३:०४

१५ असोज, हेटौंडा । ६६ औं प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटि हेटौंडा शाखासँगको समन्वयमा रक्तदान कार्यक्रम गरिएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय र सो अन्तर्गतका जिल्ला प्रहरी कार्यालय मकवानपुर, दंगा नियन्त्रण प्रहरी गण, सशस्त्र प्रहरी गण रातोमाटेमा कार्यरत ७२ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेका छन् ।

नेपाल प्रहरी स्थापनाको असरमा हरेक बर्ष मनाईने प्रहरी दिवसमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले समेत बिभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ ।

प्रहरी दिवसकै अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले विभिन्न खेलकुद गतिविधि संचालन, सार्वजनिक महत्वका स्थलहरुको सरसफाई, वृक्षारोपण, हेटौंडामा रहेका वृद्धाश्रमहरुमा फलफुल वितरण गर्ने लगायतका कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?