+
+

अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधानन्यायाधीशलाई सफाइ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १५ गते १४:३४

१५ असोज, काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधान्यायाधीशलाई सफाइ दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले मागदाबी नपुग्ने फैसला सुनाएको हो ।

पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सफाइ पाएका हुन् । चार पूर्व प्रधानन्यायाधीशले २४ पुस २०७७ मा संयुक्त विज्ञप्ति निकालेर ५ पुसमा भएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको वक्तव्य दिएका थिए ।

अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरी स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनमा हस्तक्षेप गरेको भन्दै अधिवक्ता धनजीत बस्नेतले चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?