+
+
Shares

एमाले विधान महाधिवेशन : समूहगत छलफलका लागि १० समूह, छलफलका लागि ४ घण्टा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १५ गते १९:३५

१५ असोज, काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनमा प्रस्ताव प्रतिवेदनहरुमाथि छलफल गर्न १० वटा समूह बनाएको छ ।

ललितपुरको गोदावरीमा शुरु भएको महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गरेका थिए । उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका छन् ।

लगत्तै समूहगत छलफलका लागि सहभागीहरुलाई १० वटा समूहमा विभाजन गरिएको छ ।

समूह कको अध्यक्षता देवराज घिमिरेले गर्नेछन् भने सहजीकरणका लागि भीम आचार्य र सुवास नेम्वाङ तोकिएका छन् । समूह खको अध्यक्षता ज्वाला साहले गर्नेछिन् भने सहजीकरण सत्यनारायण मण्डल र रघुवीर महासेठले गर्नेछन् ।

समूह गको अध्यक्षता आनन्द पोखरेलले गर्नेछन् भने सहजीकरणको जिम्मा अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा बादललाई दिइएको छ । समूह घको अध्यक्षता जगत विश्वकर्माले गर्दा सहजीकरण किरण गुरुङ र पृथ्वीसुब्बा गुरुङले गर्नेछन् ।

समूह ङको सहजीकरण विष्णु पौडेल र शंकर पोखरेलले गर्दा समूह चको अध्यक्ष गोरखबहादुर बोगटी तथा सहजीकरण युवराज ज्ञवाली र यमलाल कँडेलले गर्नेछन् । यसैगरी उपत्यका विशेष कमिटी र सम्पर्क मञ्चहरुका प्रतिनिधिहरुको समूहको अध्यक्षता सुजिता शाक्यले गर्नेछिन् भने सहजीकरणका लागि छविलाल विश्वकर्मा र राजन भट्टराईलाई तोकिएको छ ।

जनवर्गीय संगठनहरुबाट आएका प्रतिनिधिहरुको समूहमा सहजीकरणको जिम्मेवारी गोकर्ण विष्ट र टोपबहादुर रायमाझी तथा केन्द्रीय निकाय र आयोगहरुको समूहमा सहजीकरणको जिम्मा अमृत बोहोरा र पुष्प कँडेललाई दिइएको छ ।

सबै समूहलाई भोलि बिहान ८ बजे आउन र ४ घण्टा अर्थात् २ बजेसम्म छलफल गर्न भनिएको छ । २ बजे मूल बैठक बस्नेछ र टोली नेताहरुले छलफलको निष्कर्षहरु पेश गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?