
१७ असोज, काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस दिने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस दिने निर्णय गरेको हो ।
१० प्रतिशत अर्थात ७ करोड ३१ लाख ९५ हजार ९७६ बोनश शेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत ३८ लाख ५२ हजार ४२० रुपैयाँनगद गरी कुल १०.५२ प्रतिशत लाभाँश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले निर्णयको जानकारी नेपाल स्टक एक्सचेञ्जमा गराइसकेको छ । अब नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि साधारणसभामा उक्त प्रस्ताव पेश हुनेछ ।
साधारणसभाबाट पारित भएपछि कम्पनीले शेयरधनीलाई बोनस शेयर दिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4