+
+

चाडपर्व नजिकिएसँगै गोरखामा प्रहरीले बढाउन थाल्यो गस्ती

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १९:३८
जिल्ला प्रहरी कार्यालय गोरखा । फाइल तस्वीर

१८ असोज, गोरखा । चाडपर्व नजिकिएसँगै जिल्ला प्रहरी कार्यालय गोरखाले गस्ती बढाउन थालेको छ । विशेषगरी रातको समयमा बजार क्षेत्रमा गस्ती बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले बताए ।

‘चाडबाडको समयमा चोरी, लुटपाटजस्ता आपराधिक क्रियाकलाप हुन सक्छन्,’ उनले भने, ‘त्यसलाई मध्यनजर गर्दै सुरक्षा रणनीति पनि बनाएका छौं ।’

उनका अनुसार जिल्लाभर २३ ठाउँमा पिकेड टोली खटिनेछन् । २८ ठाउँमा मोबाइल गस्ती हुनेछ । ‘पैदल गस्ती पनि हुन्छ, आँबुखैरेनीदेखि गोरखाबजारसम्मको सडकमा २४ सै घण्टा मोबाइल गाडीले निगरानी गर्छ,’ डीएसपी दाहालले भने ।

प्रहरीले ‘क्विक रेस्पोन्स टिम’ पनि तयार गरेको छ । तत्काल ‘रेस्पोन्स’ गर्नु परेमा वा विपद्का घटना भएमा उक्त टिम परिचालन हुने बताइएको छ । टिममा प्रहरी निरीक्षकको कमाण्डमा १५ जनाको टोली हुन्छन् । इलाका प्रहरी कार्यालयमा भने सई वा असईको कमाण्डमा ७ जनाको टोली रहनेछन् । सादा पोशाकमा पनि प्रहरी खटाइएको डीएसपी दाहालले बताए ।

सार्वजनिक सवारी साधनमा हुन सक्ने यौन हिंसा नियन्त्रणका लागि ‘सेप्टी पिन’ अभियान पनि सञ्चालन गरिएको डीएसपी दाहालले बताए । ‘यो अभियानअन्तर्गत सार्वजनिक सवारीमा सादा पोशाकमा प्रहरीहरु हुन्छन्, केही घटना भएमा वा यौन हिंसा भएमा उनीहरुले तत्काल रेस्पोन्स गर्छन्,’ उनले भने ।

सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्लाका ११ ठाउँमा दैनिक ट्राफिकसहितको चेकजाँच हुने प्रहरीले जनाएको छ । यात्रुको सेवालाई मध्यनजर गर्दै कार्यालयले हरमटारी चोक र बाह्रकिलो बजारमा यात्रु सहायता कक्ष पनि स्थापना गरेको छ । मनकामना र गोरखकाली मन्दिर लगायतका धार्मिक स्थलमा विशेष सुरक्षा टोली खटिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?