+
+
Shares

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १९ गते १०:३८

१९ असोज, काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

मध्यपुर थिमि नगरपालिका-३ कौशलटारमा सोमबार राति ना३२प ६६७३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक पर्साको हरिनाथगंजका ३० वर्षीय लोकनाथ ठाकुरको मृत्यु भएको हो । उनको इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि बसेका वीरगञ्जका सियाराम सिंह गम्भीर घायते भएका छन् । उनी नेपाल प्रहरीमा कार्यरत छन् । उनको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटना राति ११ बजे भएको हो । अनियन्त्रित भई मोटरसाइकल रेलिङमा ठोक्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?