+
+

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिंदै

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते ८:२६

२० असोज, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिंदैछन् । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) फुटेपछि संविधान अनुसार उनले विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । मुख्यमन्त्री राउतले विश्वासको मत पाउने निश्चित छ ।

सत्तारुढ जसपाका ३९, नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका १३ र नेकपा माओवादी केन्द्रका ८ जना गरी ७९ जना सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएका छन् ।

प्रदेश २ का कुल १०७ सांसदमध्ये माओवादी केन्द्रले तीन जनालाई बर्खास्त गरेपछि १०४ जना सांसद छन् । लोकतान्त्रिक समाजवादी पार्टी -लोसपा) का १६, नेकपा एमालेका ८ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद छन् ।

लोकतान्त्रिक समाजवादी पाटीले भने मुख्यमन्त्रीको राजीनामा माग्दै प्रदेश सभाको बैठक अवरुद्ध गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?