+
+

बारामा करेन्ट लागेर एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १४:५८

२० असोज, वीरगञ्ज। बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बारा महागढीमाई नगरपालिका -८ ब्रम्हपुरी बस्ने अन्दाजी ४५-५० बर्षीय रामेश्वर महतोको मृत्यु भएको हो ।

आज बिहान ९:३० बजे बारीमा जडान गरिएको पानी तान्ने मोटरमा लगाईएको तारबाट उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घटनास्थलमा मृत्यु भएको खबर पाएपछि प्रहरी टोली पुगेको थियो।

घटनास्थल जाँच मुचुल्कापछि शव पोष्टमार्टमका लागि कलैया अस्पताल राखिएको जिल्ला प्रहरी कार्यालय बाराको प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?