+
+

फार्मभित्र छिरेर चितुवाले खाइदियो बाख्रा

रासस रासस
२०७८ असोज २१ गते ११:२२
फाइल तस्वीर ।

२१ असोज, कञ्चनपुर । बेदकोट नगरपालिका-९ सुन्दरपुरका जयसिंह धामीको फार्ममा रहेका ६ वटा बाख्रा चितुवाले आक्रण गरी मारेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गए राति बस्ती छिरेको चितुवाले फार्ममा रहेका बाख्रा मारेको हो । व्यावसायिक रुपमा फार्म सञ्चालन गर्दै आएका धामीले चितुवाले बाख्रा मार्दा एक लाख २५ हजार बढीको नोक्सानी भएको बताए ।

“बिहानको झिसमिसेमै बाख्रा कराउन थालेपछि फार्ममा पुग्दा १२ मध्ये चितुवाले ६ वटा बाख्रा मारिसकेको थियो” उनले भने, “चितुवाले गर्दा निकै ठूलो क्षति बेहोर्नुपरेको छ ।”

मारिएका बाख्रामध्ये तीन बाख्रा ब्याउने अवस्थाका थिए । छ लाख लगानी गरी धामीले फार्ममा बङ्गुर र बाख्रापालन गर्दै आएका छन् । फार्ममा पालिएका २० बङ्गुर भने सकुशल रहेका छन् । केही महीनाअघि समेत चितुवाले खोरबाट स्थानीय बासिन्दाका बाख्रा मारेर खाएको थियो ।

चितुवा बस्तीमै छिर्न थालेपछि यस क्षेत्रका बासिन्दा निकै चिन्तित भएका छन् । चितुवाले बाख्रा मारेपछि निकुञ्ज कार्यालय र प्रहरीलाई खबर गरिएको धामीले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?