+
+

भारतको कश्मीरमा विद्यालयभित्रै प्रधानाध्यापकसहित दुई शिक्षकको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते १४:०८

२१ असोज, काठमाडौं । भारत प्रशासित कश्मीरमा एक विद्यालयमा प्रधानाध्यापक र अर्का एक शिक्षकको हत्या भएको छ । बिहीबार एक व्यक्तिले सरकारी विद्यालयका प्रधानाध्यापक र अर्का एक शिक्षकको गोली हानी हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि मंगलबार पनि श्रीनगरमा तीन जनाको हत्या भएको थियो ।

गोली लागेका दुवै शिक्षकलाई अस्पताल लगिएपनि चिकित्सकहरुले उनीहरुलाई मृत घोषित गरेका थिए । जम्मु कश्मीर प्रहरीले भने यसलाई आतंकवादी आक्रमण भएको बताएको छ । जम्मु कश्मीर प्रहरीका डीजीपी दिलबाग सिंहले पछिल्ला केही घटना आम नागरिकलाई लक्षित गरी  भइरहेको र मानिसहरुमा डर उत्पन्न गर्ने प्रयास भएको बताएका छन् । उनले यस्ता घटनाहरु पाकिस्तानको एजेन्सीहरुको निर्देशनमा भइरहेको उनको बुझाइ छ ।

पछिल्लो एक सातामा श्रीनगरमा विभिन्न आक्रमणमा परी सात जनाको मृत्यु भइसकेको छ । यससँगै श्रीनगरको प्रहरीलाई हाई अलर्टमा राखिएको छ भने ठाउँठाउँमा मानिसहरुको चेकिङ बढाइएको छ ।

प्रहरी स्रोतका अनुसार श्रीनगरमा आक्रमणको सूचना पहिला नै आएको थियो र त्यसको तयारी पनि गरिएको थियो । प्रहरीका अनुसार यस वर्ष मात्र विभिन्न घटनामा ३० जनाको मृत्यु भएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?