+
+

दशैंमा एक्साइड ब्याट्रीको ‘क्यास ब्याक अफर’

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते १७:५०

काठमाडौं । एक्साइड ब्याट्रीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकका लागि चाडपर्व लक्षिति एक्साइड क्यास ब्याक अफर ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले एक्साइड ब्याट्रीसँग जुनसुकै ब्राण्डका ब्याट्रीहरु साटेर क्यास ब्याक फिर्ता पाउन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार हरेक महिना १२ जना भाग्यशाली ग्राहकहरुले २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म नगद फिर्ता पाउन सक्नेछन् ।

यो योजना एक्साइडका अटोमोटिभ, इन्भर्टर, सोलार र मोटरसाइकलको ब्याट्रीहरुमा सीमित अवधिको लागि मात्र लागु हुने कम्पनीले बताएको छ ।

यो अफर प्राप्त गर्न ग्राहकहरुले एक्साइड ब्याट्रीको नेपालभर रहेका डिलरहरुमार्फत पुरानो ब्याट्रीको मूल्याङ्कन गराई नयाँ ब्याट्रीसँग एक्सचेन्ज गर्न सकिनेछ । यसका साथै यो अवधिभर एक्साइड ब्याट्रीहरु एक्सचेन्ज गर्ने सबै ग्राहकले शियोर शट गिफ्ट प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?