+

ईएल क्लोसिको उत्कृष्ट नै हुनेछ : बेन्जिमा

२०७८ असोज  ३० गते १८:११ २०७८ असोज ३० गते १८:११
ईएल क्लोसिको उत्कृष्ट नै हुनेछ : बेन्जिमा

३० असोज, काठमाडौं । सन् २०१८ मा क्रिष्टियानो रोनाल्डोले रियल मड्रिड छाडे । यो सिजनको सुरुवातमा लिओनल मेस्सीले बार्सिलोनाले हिँडे । दुबै स्टार खेलाडीको अनुपस्थितिमा यो सिजनको इएल क्लासिको २४ अक्टोबरमा हुने तय भएको छ ।

रियल मड्रिडका स्ट्राइकर करिम बेन्जिमाले यो रोनाल्डो र मेस्सीको अनुपस्थितिमा पनि ईएल क्लासिको उत्कृष्ट खेल हुने बताएका छन् । ‘मेरो लागि यो (खेल) अहिले पनि त्यही हो । यो फुटबलको सबभन्दा राम्रो खेल हो,’ बेन्जिमाले ईएसपीएनसँग भनेकी छन् ।

‘को खेलाडी गए, को छन् वा को आए भन्नेले अर्थ राख्दैन,’ उनले भनेका छन्, ‘रियल मड्रिड भर्सेस बार्सिलोना ऐतिहासिक छ ।’

उदजले अघि भने, ‘पहिला जिदान, रोनाल्डिन्हो, रोनाल्डो इटो नामहरु परिर्वतन भइरहे । तर रियल मड्रिड भर्सेस रियल मड्रिडसँगै रियल मड्रिड भर्सेस बार्सिलोना नै रहन्छ ।’

यो सिजन बार्सिलोनाको ला लिगामा प्रदर्शन सन्तोषजनक छैन । तर बेन्जिामाले भने विपक्षी टिमलाई कमजोर मान्न नहुने बताउँछन् । बार्सिलोना वा कुनै पनि शीर्ष टिमले कमजोर प्रदर्शन गरिरहेको अवस्थामा पनि राम्रो खेल्न सक्ने उनले बताए ।

क्रिष्टियानो रोनाल्डो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय