+
+

बैंकर उपेन्द्र पौड्याल : जो डाक्टर बन्न चाहन्थे

रोयल आचार्य रोयल आचार्य
२०७८ कात्तिक १ गते ८:४०

आकर्षक अफर आउँदा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले बैंक बदल्नु स्वाभाविकै हो । उपेन्द्र पौड्यालले भने अन्य क्षेत्रबाट देशको सेवा गर्ने भन्दै चार वर्ष अघि एनमएमबि बैंकको नेतृत्वबाट बिदा लिएका थिए ।

बैंकिङ क्षेत्रमा ३ दशक बिताएका, वाणिज्य बैंकका सीईओहरुको छाता संस्था नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहिसकेका र विद्वान बैंकरको छवि बनाएका पौड्यालले त्यसरी ‘करियर’ अन्त्यको घोषणा गर्दा बैंकिङ क्षेत्रमा अनेक अड्कलबाजी भएका थिए ।

त्यसबेला कतिले राजनीतिमा लाग्न बैंक छाडेको त कतिपयले राष्ट्र बैंकको गभर्नर ताकेको अनुमान गरेका थिए । खासमा उनको रुचि पनि राष्ट्र बैंकमा नै थियो । लामो समय बैंकको कार्यकारी तहमा रहेका उनी अब बैंकिङ क्षेत्रको नीति निर्माणमा जान चाहन्थे ।

‘म राष्ट्र बैंक सञ्चालक बन्न चाहन्थेँ’, पछि पौडेलले अनलाइनखबरसँग भनेका थिए, ‘अर्थमन्त्री लगायतसँग मेरो कुरा पनि भएको थियो, मेरो इच्छा एकदमै राम्रो सबैले भन्नु भएको थियो ।’

अहिले उनी नेपालको पहिलो ‘ज्वाइन्ट भेञ्चर’ बैंकको अध्यक्ष छन् ।  बैंकिङ क्षेत्रमा योगदान गरेवापत सरकारले उनलाई सुप्रबल जनसेवा श्री पदक दिने निर्णय गरेको छ ।

राज्यले दिन लागेको पदकबारे उनलाई केही जानकारी थिएन । न त उनले पदकको अपेक्षा नै गरेका थिए । ‘मैले पदकका लागि कहीकतै भनेको पनि होइन, मैले बैंकिङ क्षेत्रमा के गरेँ भन्ने कुरा सबैलाई जानकारी नै छ’ उनी भन्छन्, ‘मैले नसोचेको कुरा पाएँ, म खुसी नै छु ।’

लामो बैंकिङ करिअरमा कहिल्यै बिवादित नबनेका पौड्यालको जीवन कहानी रोचक छ ।

मामा घरमा बसेका सानो केटो एकैचोटी कक्षा ६ मा भर्ना हुन हजुरबुवासँग एक घन्टा हिँडेर धर्मस्थली पुग्छ ।

त्यतीबेलासम्म उनले मामाघरमा हजुरबुवासँग धर्मशास्त्र पढेका थिए । ‘गुरुकुल शिक्षा जस्तो थियो’, बैंकर पौड्याल सम्झन्छन्, ‘मेरा लागि कक्षा पाँचसम्मको विद्यालय त्यही भएको थियो ।’

९ वर्षको हुँदा औपचारिक शिक्षा सुरु गरेका उनी धर्मस्थलीमा ८ उत्तीर्ण गरेर ९ कक्षा पढ्न लैनचौरको शान्ति विद्या गृहमा भर्ना भए । पढाइमा अब्बल नै थिए । निरन्तर पढाइ अघि बढ्यो, १४ वर्षमा एसएलसी पास गरेर उनी सरस्वती क्याम्पसमा भर्ना भए ।

पौड्यालको चाहना डाक्टर बन्ने थियो । परिवार पनि त्यही चाहन्थ्यो । ‘तर, लाख चाहेर पनि डाक्टरी पढ्न पाइनँ’, पौड्याल भन्छन्, ‘भाग्यले नै साथ दिएन भनौं ।’ उनले डाक्टर चाहेर पनि किन पढ्न पाएनन् त ?

त्यसबेला मेडिकल शिक्षाका लागि अञ्चलअनुसार कोटा हुन्थ्यो । पौड्यालको समयमा बागमतीको भागमा जम्मा ८ वटा कोटा परेछ । त्यसमा सम्भावना नदेखेपछि उनी

विज्ञान विषय पढ्न खोजे । अमृत साइन्स क्याम्पसमा पनि उस्तै समस्या देखियो, उनी विज्ञान विषयमा भर्ना हुन पाएनन् । अन्ततः उनी सरस्वती क्याम्पसमा कमर्स पढ्न थाले । उनको पढाइ पनि रफ्तारमै अघि बढ्यो ।

राविसेका लागि गाउँ

बिकम सकेपछि पौड्याल वाणिज्य शास्त्रमै स्नात्तकोत्तर अध्ययन गर्न थाले । कुरा २०३६ सालको हो, त्योबेला स्नात्तकोत्तर तहका विद्यार्थीहरुलाई राष्ट्रिय विकास सेवा (राबिसे) का लागि केही महिना गाउँ पठाइन्थ्यो ।

होटलमा रमाएरै जागिरे चलिरहेको थियो, तत्कालीन ग्रीनलेज बैंक (हाल स्टाण्डर्ड चार्टर्ड) मा खुलेको विज्ञापनले पौड्यालको ध्यानाकर्षण गरिदियो । उनको जीवनमा पनि ‘भाग्यमा लेखेकै हुन्छ’ भन्ने आहान चरितार्थ हुने बेला रहेछ, त्यो

गाउँमा विद्यालयसँग सम्पर्क गरेर विभिन्न सामाजिक सेवा गर्नुपर्ने नियमअनुसार उनी १० महिनाका लागि नवलपरासीको डण्डा पुगेका थिए ।

उनले स्वयं सेवा थालेको केही समयपछि नै राजनीतिक आन्दोलन चर्केर माहोल बिग्रियो ।

‘तत्कालीन पञ्चायती सरकारलाई स्नातकोत्तर तहका विद्यार्थीहरुले गाउँ–गाउँमा बहुदलपक्षीय माहोल बनाउँछन् भन्ने परेछ’, पौड्याल भन्छन्, ‘अनि राबिसे नै खारेज गरिदिएकाले हामी सबै फर्कियौं ।’

जागिरे जीवनको शुरुवात

काठमाडौं फर्किएपछि पौड्याल सोल्टी होटलमा जागिरे भए । ‘त्यसबेला होटलमा काम गर्नेलाई सम्मानित नजरले हेरिदैनथ्यो’, उनी सम्झन्छन्, ‘मानिसहरु ‘त्यत्रो पढेको मान्छे, किन होटलमा काम गरेको होला भन्थे ।’

होटलमा जागिर खाँदाखाँदै उनले लोकसेवा आयोगको परीक्षा दिए, सफल हुन सकेनन् । एक पटक राष्ट्र बैंकमा पनि कोशिस गरे, तर परीक्षाको लागि पर्याप्त समय दिन नसक्दा त्यहाँ पनि सफल हुन सकेनन्।

होटलमा जागिर छँदै उनले एउटा सरकारी बैंकमा करारमा लेखा अधिकृत हुने अवसर पाए । उनलाई त्यहाँको वातावरण अचम्मकै लाग्यो । कार्यालय समय १०ः३० मा शुरु हुन्थ्यो, तर ११ बजे पुगे पनि कसैले केही भन्नेवाला थिएन ।

‘जाडोमा सबैजसो कर्मचारी हिटर वरिपरि बसेर गफ गर्थे, त्यहीँ अण्डा उसिनेर खान्थे । त्यसरी नै १२ बजाइदिन्थे’, उनी सम्झन्छन्, ‘१ बजे खाजाको समय । खाजा खान कार्यालयबाट निस्केकामध्ये धेरैजसो फर्किदैन थिए ।’

साेल्टीमा पौड्यालले भने पूरा मेहनेत साथ काम गरे । ‘आफू त काम गर्ने मान्छे, काम गर्नैपर्छ भन्ने लाग्थ्यो । नछुटाई दैनिक प्रतिवेदन बनाउथेँ, शनिबार बिदामा पनि काम गर्न पछाडि हटिदैनथ्यो’, पौड्याल भन्छन्, ‘त्योबेलाको इनर्जी सम्झिदा अहिले पनि खुसी लाग्छ ।’

सरकारी बैंकमा उनी ३ महिना भन्दा लामाे समय काम गर्न सकेनन् । उनी होटल सोल्टीमा पटक–पटक ‘इम्प्लोई अफ दी मन्थ/इयर’ घोषित/पुरस्कृत भए । सरकारी बैंक र हाेटल तुलना गर्दा हाेटल नै उत्तम लाग्याे । ३ महिनामै बैंकबाट बिदा भएर उनी होटलमै पूर्णकालीन भए ।

अन्ततः बैंकिङमै करिअर

होटलमा रमाएरै जागिरे चलिरहेको थियो, तत्कालीन ग्रीनलेज बैंक (हाल स्टाण्डर्ड चार्टर्ड) मा खुलेको विज्ञापनले पौड्यालको ध्यानाकर्षण गरिदियो । उनको जीवनमा पनि ‘भाग्यमा लेखेकै हुन्छ’ भन्ने आहान चरितार्थ हुने बेला रहेछ, त्यो ।

उनले आवेदन फारम भरेर परीक्षा थिए । त्यसको एक सातापछि अन्तरवार्ताको लागि बोलावट आयो । ‘मैले सबभन्दा धेरै अंक ल्याएको रहेछु’ उनी सम्झन्छन्, ‘क्रेडिट एण्ड मार्केटिङ शाखामा नियुक्ति पाएँ । अनि, होटलको जागिर छाडेँ ।’

पौड्यालको वास्तविक बैंंकिङ करिअर यहीँबाट शुरु भयो । करिब  ७ वर्षमा उनी बिराटनगर सरुवा भए । बैंकले उनलाई घाटामा रहेको बिराटनगर शाखालाई फाइदामा ल्याएर कारोबार दोब्बर बनाउने टार्गेट दिएको थियो । ३ वर्षमा कारोबार चार दोब्बर बनाएपछि उनी काठमाडौं सरुवा भए ।

‘विराटनगरका व्यवसायीहरु उहाँजस्तो मान्छे चाहिन्छ भन्दै डेलिगेशन आउनुभएको थियो’, पौड्याल भन्छन्, ‘व्यवस्थापनले पछि करिअरका लागि अहिले सरुवा जरुरी छ भनेर उहाँहरुलाई सम्झाएको थियो ।’

स्टाण्डर्ड चार्टर्ड बैंकमा १४ वर्ष काम गरेर उनी एनएमबि फाइनान्स गए । मर्चेन्ट बैंकिङ शुरु गर्नेमा एनएमबि अग्रपंक्तिमा नै थियो ।

एनएमबिमा पुग्दासम्म उनी बैंकिङ क्षेत्रका अनुभवी पात्र बनिकसकेका थिए । स्टाण्डर्ड चार्टडमा सिकेको ज्ञान, सीप र दक्षतालाई उनले भरपुर उपयोग गरे ।

पौड्यालकै कार्यकालमा एनएमबि फाइनान्सबाट वाणिज्य बैंक बनेको हो ।

फाइनान्स तथा विकास बैंकबाट अपग्रेड भएका अन्य बैंक निकै समस्यामा परे । एनएमबि बैंक भने सधैँ राम्रो अवस्थामा रह्यो ।

एनएमबिले सबभन्दा अगाडि विदेशी लगानी ल्यायो । बैंकर्सहरुको छाता संगठनको नेतृत्व गरिसकेका पौड्याल अन्तर्राष्ट्रिय बैंकिङ सञ्जालहरुमा आवद्ध थिए । उनकै सक्रियतामा नेदरल्याण्डस्को ‘भ्यालू बेस बैंकिङ’ नेपाल आयो ।

पौडेलले ५७ वर्ष टेक्दै गर्दा एनएमबि बैंकको कार्यकाल सकियो । दोहोरिन नचाहेको उनी बताउँछन् । पछिल्लो समय उनी एसिया–प्रशान्त क्षेत्रको ‘ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालु’को संयोजक समेत छन् ।

उनलाई नजिकबाट चिन्नेहरु ‘सबैसँग मिल्ने बैंकर’ भन्छन् ।

देशका लागि फरक ढंगले केही गर्छु भनेर बैंक छाडेका उनले सोचेजस्तो भने भएन । सरकारले उनलाई नेपाल राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरेन । त्यसपछि उनी २०७४ मंसिर १५ गते नबिल बैंकको सञ्चालकमा नियुक्त भए ।

नबिल बैंक सञ्चालक समितिले उनलाई करिब ३ वर्षपछि अध्यक्ष बनायो । नबिलको अध्यक्षको रुपमा आफूले ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको रणनीति अनुसार काम गरिहेको पौड्याल बताउँछन् ।

विश्वव्यापी यो संस्थाले दिगो बैंकिङ, सुशासन र समुदायको जीवनस्तर रूपान्तरण गर्ने नीति लिएको छ । उनले बैंकिङ अन भ्यालुको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा गराउने सफलता समेत हाँसिल गरे ।

सबै बैंकले दिगो बैंकिङ सिद्धान्त अनुसार काम गर्नुपर्ने उनी बताउँछन् । ‘शेयरधनीहरुको हितमात्र नभएर हाम्रो लगानीले समाज र अर्थतन्त्रमा कस्तो असर पारेको छ भन्ने पनि सोच्न पर्यो’, पौड्याल भन्छन्, ‘अब मेरो भूमिका यस्तै कार्यमा रहनेछ ।’

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?