+

आइवा बिश्व बक्सिङ्ग च्याम्पियनसिप : बिदाई कार्यक्रममा खेलाडी अनुपस्थित

२०७८ कात्तिक  ४ गते १९:१० २०७८ कात्तिक ४ गते १९:१०
आइवा बिश्व बक्सिङ्ग च्याम्पियनसिप : बिदाई कार्यक्रममा खेलाडी अनुपस्थित

४ कात्तिक, काठमाडौं। नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले सर्वियाको राजधानी बेलग्रेडमा आयोजना हुने आइवा बिश्व बक्सिङ्ग च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जान लागेका खेलाडी तथा प्रशिक्षकलाई बिहिबार खेल पोशाकसहित बिदाई गर्ने कार्यक्रम तय गरेको थियो । त्यसका लागि संघले नेपाल बक्सिङ्गलाई पत्राचार समेत गरिएकोमा अन्तमा खेलाडीहरुको उपस्थिति रहेन।

खेलाडी अनुपस्थित रहेता पनि लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङ्गले खेलाडीहरुलाई लोकतान्त्रीक खेलकुद संघ संधै खेलाडीहरुको पक्षमा रहेको र खेलाडीहरुको हक अधिकारका लागि सदा अग्रस्थानमा रहने भन्दै उच्च मनोबलका साथ खेल प्रदर्शन गर्दै जित हात पार्न शुभकामना व्‍यक्त गरे ।

उनले खेलाडीहरुको मनोबल उच्च राख्नका लागि विविध नगदको घोषणा समेत गरे । जस्तै प्रत्येक बाउट जिते बापत २५ हजार, स्वर्ण प्राप्त गरेका १ लाख ५० हजार, रजतका लागि १ लाख र कास्य पदक प्राप्त गरेमा ५० हजार प्रदान गर्ने घोषणा समेत गरे ।

उनले खेलाडीहरु अनुपस्थिती रहेता पनि उक्त च्याम्पियनसिपमा सहभागिता जनाउने ४ खेलाडी, प्रशिक्षकका लागि प्रदान गर्न लागिएको खेल पोशाक (ट्रायकसुट) संघका केन्द्रिय सदस्य ओम नारायण श्रेष्ठ मार्फत खेलाडीहरुलाई हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङ्गले संघले खेल भावनाको बिरुद्ध कार्य गरेको भन्दै नेपाल लोकतान्त्रीक खेलकुद संघ यस कार्यको घोर आपत्ती ब्यक्त गर्दछ र यस्ता कार्यका बिरुद्ध सम्वन्धित निकायलाई ध्यानाकर्षण गर्दै कार्यवाहीको लागि अग्रसर रहने बताए ।

उनले आफू पनि नेपाल बक्सिङ्ग संघको पूर्व महासचिव भएको भन्दै संघले खेलाडीहरुलाई राजनीतिमा मुछेको र संघले विधान विपरीत कार्यहरु गरेका कारण संघका पदाधिकारीहरु विच पनि बैमनस्यता देखिएको बताए।

कार्यक्रममा बोल्दै संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठले खेलकुद जस्तो स्वच्छ छवी भएको ठाउँलाई अहिलेको कार्यसमितिले घरायसी संघको रुपमा संचालन गरेको र संघलाई खेल भावनाले अगाडी बढाउन नसकेकोमा आपत्ती जनाए। च्याम्पियनसीप कार्तिक ८ गते देखि २० गतेसम्म सञ्‍चालन हुनेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय