+
+

बाढीपहिरो पीडित किसानलाई नगद राहतको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १९:४२

९ असोज, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बेमौसमी वर्षाका कारण पीडित किसानलाई नगदमै राहतको प्रस्ताव गरेको छ । मंगलबार मन्त्रालयमा भएको संघ तथा प्रदेशस्तरीय समन्वय बैठकले क्षतिको वर्गीकरण गरेर नगद राहत उपलब्ध गराउन प्रस्ताव गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश कृषिमन्त्री तथा सचिवहरुसँग भएको छलफलमा किसानको अवस्था हेरेर बैंक साँवा र ब्याज मिनाहाका लागि सिफारिस गर्ने निर्णय समेत भएको मन्त्रालयले जनाएको छ ।

बैठकले प्रदेशस्थित कृषि सम्वद्ध मन्त्रालयलाई क्षतिको कृषकस्तरको विवरण एक हप्ताभित्र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पेश गर्न पनि निर्देशन दिएको छ । ‘वर्षाका कारण पीडित किसानलाई पूर्ण क्षति, आंशिक क्षति र सामान्य क्षति पुगेको क्षेत्रफलका आधारमा निश्चित मापदण्ड बनाइ प्रतिइकाई क्षेत्रफल निश्चित रकम उपलब्ध गराउने, किसानको वर्गीकरणका आधारमा ऋण तथा ब्याज मिनाहा पहल गर्ने लगायतका विकल्पमा छलफल भयो,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

क्षतिको विवरण प्राप्त भएपछि मात्रै राहतको टुंगो लाग्ने पनि मन्त्रालयले जनाएको छ । समन्वय बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादव, सातवटै प्रदेशका कृषिमन्त्री र सचिवहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?