+
+

अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको आरोपमा एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १३:२४

११ कात्तिक, काठमाडौं। अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर-८ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका २७ वर्षीय मिन बहादुर पाइन रहेका छन् ।

पाइन लगायत ३ जनाले ललितपुर सातदोबाटो बस्ने झापा बिर्तामोड घर भएका २१ वर्षीय पुरुषलाई अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न लागेको अवस्थामा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बुधबार दिउँसो गोकर्णेश्वर नगरपालिका-८ जगडोलबाट पक्राउ गरेको हो । उनीसँगै रहेका अन्‍य दुईजना भने फरार भएका छन् ।

प्रहरीले पाइनको पाइनको साथबाट ५० दरको ११ थान अमेरिकी डलर, १ दरको १ थान अमेरिकी डलर, २० रुपैयाँ दरको ३ सय ३९ थान नोट, १० रुपैयाँ दरको ३ सय ६७ थान नोट, ४ थान मोबाइल, प्रदेश ०२-३० प ६९१६ नम्बरको मोटरसाइकल र पीडितको ५ लाख रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका पाइनमाथि थप अनुसन्धान भइरहेको छ भने उनीसँग रहेका अन्‍य फरार दुईजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?