+
+

१९ वर्षीया युवतीलाई करणी गरेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १२ गते १८:५४

१२ कात्तिक, वीरगञ्ज। प्रहरीले १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका-२१ बस्ने ३८ वर्षीय जाहिर अन्सारी रहेका छन् ।

बारा घर भइ उच्च शिक्षाको लागि वीरगञ्जमा डेरा लिइ बस्दै आएकी १९ वर्षीया युवतीलाई जर्बजस्ती करणी गरेको आरोपमा उनलाई वीरगञ्‍जबाट पक्राउ गरेको हो ।

यस्तै गत असोज २७ गते राति १० बजे आफू एक्लै भएको मौकामा डेरा कोठामा गई अश्लील फोटो र भिडियो सार्वजनिक गरी भाइरल गरिदिने धम्की दिई डर त्रास देखाई अनुचित दबाबमा पारी जबरजस्ती करणी गरेको युवतीले बताएकी छन्।

पक्राउ परेका उनीविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिएर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओम प्रकाश खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?