+
+

नेप्सेका सीईओका लागि दरखास्त आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १३ गते १४:१०

१३ कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृतका लागि सरकारले दरखास्त आह्वान गरेको छ । खुला प्रतिष्पर्धामार्फत सीईओ नियुक्तिका लागि सार्वजनिक सूचना जारी गर्दै अर्थमन्त्रालयले दरखास्त आह्वान गरेको हो ।

योग्य आवेदकहरुलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरिएको छ । तत्कालिन सीईओ चन्द्रसिंह साउदले शेयर खरिद बिवादमा परेर राजीनामा दिएपछि नेप्से कार्यकारी प्रमुख विहिन बनेको थियो ।

बुक बिल्डिङमार्फत साधारण शेयर (आईपीओ) निष्काशनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर साउदको श्रीमतीको नाममा भेटिए पछि उनी बिवादमा तानिएका थिए ।

सर्वोत्तमकै शेयर खरिद बिवादमा परेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई भने सरकारले बर्खास्त गरेको थियो । बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि पनि सरकारले दरखास्त आह्वान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?