+
+

राष्ट्रिय वाणिज्य बैंकले एकैपटक माग्यो आठ सय कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १८:१४

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकमा स्थायी जागिर खुलेको छ । लोक सेवा आयोगले विभिन्न १२ पदमा ८०० बढी जनाका लागि आवेदन खुला गरेको हो ।

९ औं तहको वरिष्ठ प्रबन्धकदेखि तह ५ को वरिष्ठ सहायक (सूचना प्रविधिसम्म)का लागि आवेदन खुला गरिएको छ । २ जना वरिष्ठ प्रबन्धक, ६ जना प्रबन्धक र १८ जना उपप्रबन्धक (प्रशासन), एक जना उपप्रबन्धक (लेखा)  पनि माग गरिएको छ ।

८४२ जनाका लागि आवेदन माग गरिएकोमा सबैभन्दा धेरै छैटौं तहको प्रशासनतर्फको सहायक प्रबन्धक पदमा २०० जना र त्यसपछि पाँचौं तहको प्रशासन तर्फकै वरिष्ठ सहायक पदमा १७८ जना माग गरिएको छ ।

आवेदन अनलाइनमार्फत सोमबारदेखि भर्न सकिनेछ । फारामको म्याद मंसिर पाँच गतेसम्म तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?