+
+

प्रभु बैंकको नाफामा गिरावट

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते ११:२९

१५ कात्तिक, काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको मूनाफामा गिरावट आएको छ ।

पहिलो तीनमा महिनामा प्रभु बैंकले ६३ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि ३२ रुपैयाँ ९६ पैसाबाट १० रुपैयाँ ५३ पैसा घटेर २२ रुपैयाँ ४३ पैसामा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?