+
+

सिन्धुलीको निषेधाज्ञा अन्त्य

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते ९:५५

२५ कात्तिक, काठमाडौं । सिन्धुलीमा जारी गरिएको निषेधाज्ञा बुधबार राति १२ बजेदेखि अन्त्य भएको छ ।

नेकपा एमाले र सत्तारुढ गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो ।

अहिले सिन्धुली जिल्लाको शान्ति सुव्यवस्थाको अवस्था सामान्य भएकाले निषेधाज्ञाको अवधि नबढाएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।

बुधबार सदरमुकाम सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्क उदघाटन गर्ने र त्यहाँ बीपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको सालिक अनावरण गर्ने कार्यक्रममा कमलामाई नगरपालिकाले प्रमुख अतिथिको रुपमा एमाले महासचिव ईश्वर पोखरेललाई बोलाएको थियो ।

तर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी दल आवद्ध गठबन्धनका नेता कार्यकर्ताले एमाले महासचिव पोखरेललाई प्रमुख अतिथि बनाएको भन्दै विरोध जनाएका थिए ।

अपि्रय स्थिति हुनसक्ने आकलन गर्दै जिल्ला प्रशासन कार्यालयले स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङ् खोला पुल, हस्पिटल रोड क्षेत्रभित्र आज बिहान ११ बजेदेखि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी न्यौपानेको कार्यकक्षमा सर्वदलीय बैठक बसेर सहमतिको प्रयास गरे पनि सहमति जुट्न सकेको थिएन । बैठकमा पार्कको उदघाटन र शालिक अनावरण कार्यक्रम स्थगित गर्ने तथा गढीमा विजयोत्सव समारोहमा अवरोध नगर्ने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?